images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • जेनजी आन्दोलनमा करिव २ अर्ब ७९...

जेनजी आन्दोलनमा करिव २ अर्ब ७९ करोड ७४ लाख बीमा दाबी रकम भुक्तानी

जेनजी आन्दोलनमा करिव २ अर्ब ७९ करोड ७४ लाख बीमा दाबी रकम भुक्तानी

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ ।  जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव रू. २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिव रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६७३ वटा दाबीको करिव रू. १९ अर्ब १ करोड ९४ लाख दाबी रकममध्ये करिव रू. २ अर्ब २७ करोड ११ लाख र मोटर बीमातर्फ २ हजार २७० दाबीको करिव रू. ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये करिव रू. ४७ करोड ७७ लाख भुक्तानी भएको प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीको करिव रू. ३६ करोड ७९ लाख दाबी रकममध्ये करिव रू. ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० वटा दाबीको करिव रू. ३८ करोड ७२ लाख दाबी रकममध्ये करिव रू. २२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको छ । परिवहन बीमातर्फ १२ वटा दाबीको दाबी रकम करिव रू. १ करोड ६६ लाख रहेको छ ।प्रदेशगत रूपमा निर्जीवन बीमा कम्पनीहरूमा परेका कोशी प्रदेशमा ३९२ वटा दाबीको करिव रू. २ अर्ब ३२ करोड ४६ लाख दाबी रकममध्ये करिव रू. ३१ करोड ८४ लाख, मधेश प्रदेशमा ३६७ वटा दाबीको करिव रू. ७० करोड ४ लाख दाबी रकममध्ये करिव रू. ४ करोड ७१ लाख र बागमती प्रदेशमा १ हजार ७२३ वटा दाबीको करिव रू. १७ अर्ब ६१ करोड ६२ लाख दाबी रकममध्ये करिव रू. २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ ।

    यसैगरी, गण्डकी प्रदेशमा परेका २१६ वटा दाबीको करिव रू. १ अर्ब ६९ करोड २३ लाख दाबी रकममध्ये करिव रू. १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ वटा दाबीको करिव रू. ४७ करोड ४४ लाख दाबी रकममध्ये करिव रू. ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ वटा दाबीको करिव रू. ९ करोड ९९ लाख दाबी रकममध्ये करिव रू. ९० लाख र सुदूरपश्चिम प्रदेशमा परेका २०४ वटा दाबीको करिव रू. ३२ करोड ६० लाख दाबी रकममध्ये करिव रू. २ करोड ७२ लाख अग्रिम भुक्तानी समेत गरी दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिव रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको थियो । यसैबीच जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।नेपाल पुनर्बीमा कम्पनीमा परेका कूल २ हजार ८६८ वटा पुनर्बीमा दाबीको करिव रू. १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी रकम रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend