images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ सन्देशमूलक नयाँ...

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ सन्देशमूलक नयाँ भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ सन्देशमूलक नयाँ भिडियो सार्वजनिक

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ ।भिडियोमा एक जिम्मेवार डाक्टरले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाइएको छ । जसले जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज सन्देश दिएको छ ।यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रोमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।यस्ता भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखिएको शिवम् सिमेन्टले जनाएको छ ।

    images
    images

    त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सतर्कताको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

    तेस्रो भिडियोमा जीवनका हरेक सेकेन्डको महत्वलाई दर्शाइएको थियो । जसमा दुई साथीबीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगिसकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई जोडेर ‘समयको मामलामा नो कम्प्रोमाइज’ भन्ने सन्देश दिइएको छ ।शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ ।

    images
    images

    ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा नो कम्प्रोमाइज’ जस्ता नाराहरूले शिवम् ब्राण्डको मूल सिद्धान्तलाई दर्शाउँछ । कम्पनीले गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार एनएस क्वालिटी अवार्ड २०१९ समेत प्राप्त गरिसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend