images

२०८३ आश्विन १८ गते

images
images
images

दैनिक साठी स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

दैनिक साठी स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । कार्तिक मासको अवसर पारेर अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ नेपाल (इस्कोन) ले देशभर दैनिक ६० स्थानबाट भगवान् श्रीकृष्णलाई सामूहिक दीपदान गरिएको जनाएको छ । सामूहिक दीपदानमा दैनिक हजारौँ मानिस सहभागी हुने गरेका छन् । स्कन्द र पद्म पुराणलगायत धार्मिक ग्रन्थमा कार्तिक मासमा भगवान् श्रीकृष्णलाई बेलुकीको समयमा दीपदान गरे लाखौँ जन्मको पाप नाश हुने उल्लेख गरिएकाले यस्तो कार्यक्रम आयोजना गरिएको इस्कोनका अध्यक्ष प्रदीप भण्डारीले जानकारी दिए ।आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको यो कार्यक्रम कार्तिक शुक्ल पूर्णिमामा समापन गरिनेछ । यस अवसरमा वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर घरमा आकाश दीपदान गर्ने गरेका छन् । इस्कोनका दीपदानमा लाखौँ मानिस सहभागी भइसकेको जनाइएको छ । 

    images
    images

    काठमाडौँ उपत्यकाका नारायणस्थान चोक (बुढानीलकण्ठ), महाराजगन्ज, चाबहिल, स्वयम्भू, टोखा, पुल्चोक, ताहाचल, कोटेश्वर, दूधपाटी (भक्तपुर) र थली (कागेश्वरी मनोहरा)मा प्रत्येक दिन बेलुकी भगवान् श्रीकृष्णको मक्खन चोरेर बाँधेपछिको विग्रहलाई दीपदान भइरहेको इस्कोन चाबहिलका सचिव जीवन सिंहले जानकारी दिए ।यसैगरी काठमाडौँ उपत्यका बाहिर रहेका ५० वटै इस्कोनका केन्द्रमा पनि दैनिक बेलुकीको समयमा दीपदान भइरहेको छ । गत असोज २१ गतेदेखि सुरु भएको दीपदान यही कात्तिक १९ गते समापन गरिनेछ । तिलको तेल वा गाईको घ्यूमा बनाइएको बत्ती (दीप) प्रत्येक चोकमा आवतजावत गर्ने सबैलाई दान गर्न निःशुल्क दिने गरिएको छ ।

    दीपदान गरिने स्थानमा इस्कोनबाट प्रकाशित पुस्तक बिक्री र चन्दा सङ्कलनसमेत गर्ने गरिएको छ । पुस्तकको बिक्री र चन्दा सङ्कलनबाट जम्मा भएको पैसा पारदर्शी रूपमा मानव सेवाका काममा उपयोग गरिएको इस्कोनले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend