images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • भारतद्वारा २८३ मेगावाट विद्युत् निर्यात अनुमति...

भारतद्वारा २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

भारतद्वारा २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमतिको नवीकरणका लागि स्वीकृति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यातका लागि यसअघि दिइएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो।प्राधिकरणले देश भित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ। भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ।

    images
    images

    आईएक्समा बिक्रीको नवीकरण भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृति पाएका ४ आयोजनाको अनुमति नवीकरण भएको छ। ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण गरिएको छ।हरियाणाको विद्युत् अब आईएक्समा पनि बिक्री हुने यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको थियो। हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार सकिने छ। प्राधिकरणले हरेक वर्ष जुन–अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्दै आएको छ।

    प्राधिकरणले हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आईएक्समा पनि बिक्री गर्न अनुमति मागेको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको छ। अब ती ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारदेखि आईएक्समा समेत निरन्तर रूपमा बिक्री गर्न पाउने भएका छन्।मन्त्री कुलमान घिसिङको पहल ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा भारतका विद्युत् मन्त्री मनोहरलाल खट्ठरसँग भेटवार्ता गरेका थिए। भेटमा उनले विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए। उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend