काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परान’को बुकिङ खुला भएको छ । व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको निर्माण रहेको फिल्म देशभरबाट प्रदर्शनमा आउदैछ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ । आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ ।भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्म नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठुलो संख्यामा आकर्षित गर्ने देखिन्छ । दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेता नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ ।
फिल्ममा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय छ ।




.gif)



