काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का कर्मचारीले एक महिनादेखि जारी राखेको आन्दोलन स्थगित गरेका छन्। बुधबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंसँग भएको सहमति पश्चात् कर्मचारीले आन्दोलन अन्त्य गरेका हुन्।
कर्मचारीका अनुसार, आफ्ना माग पूरा गर्नका लागि व्यवस्थापनलाई समय दिइएको छ। उनीहरूले पाउँदै आएको बोसन (सुविधा) व्यवस्थापनले कटौती गरेको भन्दै असोज ७ गतेदेखि आन्दोलन सुरु गरेका थिए।
सहमति अनुसार व्यवस्थापनले कर्मचारीका मागहरूमाथि आवश्यक प्रक्रिया अघि बढाउने र समस्या समाधानका लागि छलफल जारी राख्ने प्रतिबद्धता जनाएको छ।




.gif)





