काठमाडौँ । कार्तिक १३, देशभर आज साधारणतया बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागले बताएको छ। बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

आज दिउँसोको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहनेछ। यी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा समेत मध्यम वर्षा र हिमपात हुन सक्ने विभागको भनाइ छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।

हाल देशमा पश्चिमी वायुको प्रभावसँगै अरव सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको विभागले जनाएको छ।




.gif)





