images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा...

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ।परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक हुने शैक्षिक क्यालेन्डरमा उल्लेख छ। शैक्षिक क्यालेन्डरमा स्नातक तह सेमेष्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिकसम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मङ्सिरलाई तोकिएको उल्लेख छ।

    images
    images

    शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहतर्फ आठवटा सेमेष्टर भएकाले निर्धारित समममा भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका छ।प्रथम सेमेष्टरको परीक्षा यही २०८२ चैतभित्र र परीक्षाफल २०८२ असारमा प्रकाशित गर्ने क्यालेन्डरमा उल्लेख गरिएको छ।यस्तै, स्नातक तहको आठ सेमेष्टर निर्धारित चार वर्षमा सक्ने गरी क्यालेन्डर बनाइएको छ। आठ सेमेष्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठ र परीक्षाफल प्रकाशित २०८७ भदौमा गर्ने उल्लेख छ।

    यस्तै स्नातक तहको वार्षिक कक्षाका लागि साउनदेखि मङ्सिरसम्म भर्ना र मङ्सिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फारम भर्ने, २०८३ साउनमा परीक्षा र २०८३ कात्तिकमा परीक्षाफल प्रकाशन गर्ने क्यालेन्डरमा उल्लेख छ।यसैगरी वार्षिक कक्षाअन्तर्गत चार वर्षको अध्ययन २०८५ चैतमा सक्ने त्रिविको लक्ष्य रहेको छ। चौथौ वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु, २०८५ को कात्तिकमा परीक्षा फारम भर्ने, सोही वर्षको पुसमा परीक्षा र चैतमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका क्यालेण्डेरमा उल्लेख गरिएको छ।यस्तै त्रिविले स्नातकोत्तर तहको सेमेष्टर प्रणालीअन्तर्गतको यस शैक्षिक सत्रदेखि सञ्चालन हुने पढाइको पनि शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

    images
    images

    क्यालेन्डरअनुसार २०८२ सालको शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरको भर्नाका लागि फारम वितरण यही मङ्सिरमा, पुसमा प्रवेश परीक्षा, माघदेखि कक्षा सञ्चालन, परीक्षा जेठ र २०८३ भदौमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका रहेको छ।यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा पढाइ पूरा गर्नेछन्। शैक्षिक सत्रको चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मङ्सिरमा हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend