images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • जेनजी आन्दोलन क्षतिमा बीमाले दिए पौने...

जेनजी आन्दोलन क्षतिमा बीमाले दिए पौने ३ अर्ब भुक्तानी

जेनजी आन्दोलन क्षतिमा बीमाले दिए पौने ३ अर्ब भुक्तानी

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  •  काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ अर्ब भुक्तानी दिएका छन् । बीमा प्राधिकरणले जेनजी आन्दोलको क्षतिमा बिमितलाई दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि बिमकहरूले उक्त रकम भुक्तानी दिएका हुन् ।२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।

    images
    images

    सरकारको निर्देशनपछि प्राधिकरणले पनि बीमा बिमितलाई सहजताका लागि अग्रिम भुक्तानी दिन भन्यो । सोही अनुसार बीमा कम्पनीले आवश्यक मूल्यांकन गरी २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् ।तर, प्राधिकरणका अनुसार हालसम्म उक्त आन्दोलनमा आफ्नो सम्पत्तिमा क्षति पुगेको भन्दै बिमितले २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबर दाबी गरेका छन् । प्रधिकरणका अनुसार उक्त अग्रिम दाबी भुक्तानी १५ बीमा कम्पनीले मात्र गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १ सय ८७ बिमितले दाबी भुक्तानी माग गरेका छन् ।

    राष्ट्रिय बीमा कम्पनी, नेसनल इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले कुनै पनि दाबीको अग्रिम भुक्तानी गरेका छैनन् । सबैभन्दा धेरै माग दाबी परेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब २८ करोड रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणले जनाएको छ ।कम्पनीमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबर माग दाबी परेको छ । त्यसैगरी द ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब २४ करोड बराबर दाबी पर्दा अग्रिम भुक्तानी भने एक करोड ६६ लाख मात्रै गरेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार जेनजी आन्दोलनमा क्षति भएका सम्पत्तिमध्ये बीमा भएका ६ सय ७३ सम्पत्ति बीमा, २ हजार २ सय ७० मोटर बीमा, इन्जिनियरिङ था ठेकेदार बीमा १ सय ९२, परिवहन बीमा १२ र अन्य बीमा ४० गरी कुल ३ हजार १ सय ८७ माग दाबी परेको हो ।

    images
    images

    माग दाबी परेको रकम अनुसार सबैभन्दा धेरै सम्पत्ति बीमाको छ । यो शीर्षकमा १९ अर्ब एक करोड बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ ।उक्त आन्दोलनमा बागमती प्रदेशबाट माग दाबी धेरै परेको छ । बागमतीबाट कुल १७ अर्ब ६१ करोड रुपैयाँ बराबर माग दाबी परेको प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend