images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • आजदेखि खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद...

आजदेखि खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलामी बिक्री खुला

आजदेखि खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलामी बिक्री खुला

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ । कात्तिक १२, खानी खोला हाइड्रोपावर लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलामी बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न थालेको छ।

    images
    images

    कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। उक्त अवधिमा आवेदन नपरेका शेयरहरूलाई अब लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो।

    कम्पनीले सर्वसाधारण समूहको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्दैछ। इच्छुक लगानीकर्ताले कात्तिक १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

    images
    images

    शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र बुझाउनुपर्नेछ। साथै, न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने र अधिकतम शेयर संख्यामा कुनै सीमा नरहेको कम्पनीले जनाएको छ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेड लाई दिइएको छ। लगानीकर्ताले आवेदन सिटिजन्स क्यापिटल लिमिटेड को कार्यालयमा साथै सिटिजन्स बैंक इन्टरनेशनल का कुमारीपाटी, ठीमी, इटहरी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयहरूमा पनि बुझाउन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend