काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलवार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६२.२९ अंकले वृद्धि भएर २५७१.३४ अंकमा पुगेर कारोबार सम्पन्न भएको हो।
आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७ सय २३ कित्ता सेयर ४७ हजार ९४ पटक खरिद–बिक्री हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलवार २३६ कम्पनीको सेयर मूल्य बढ्दा, १२ कम्पनीको घटेको र २ कम्पनीको स्थिर रहेको छ।
सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर को सेयरमा भएको छ। उक्त कम्पनीको २४ करोड ९४ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको हो भने सेयरको न्यूनतम मूल्य ५१५ रुपैयाँ रहेको छ।
आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। तर, हिमालयन पावर पार्टनरको सेयर ६.३६ प्रतिशतले र युनिलिभर नेपालको सेयर ३.८८ प्रतिशतले घटेको छ।
समूहगत सूचकमा पनि सुधार देखिएको छ।
वाणिज्य बैंक समूह १.९२ प्रतिशतले
विकास बैंक समूह ४.४७ प्रतिशतले
फाइनान्स समूह ३.१४ प्रतिशतले
होटल तथा पर्यटन समूह २.८० प्रतिशतले बढेका छन्।




.gif)





