images

२०८३ आश्विन १८ गते

images
images
images

घरजग्गा कारोबार घट्यो, राजश्व संकलनमा पनि कमी

घरजग्गा कारोबार घट्यो, राजश्व संकलनमा पनि कमी

images
images
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • काठमाडौँ । कात्तिक १०, देशभर घरजग्गा कारोबारमा निरन्तर उतारचढाव भइरहेका बेला असोज महिनामा कारोबारमा उल्लेखनीय गिरावट आएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार असोज महिनामा मालपोत कार्यालय मार्फत भएका लिखत संख्या र राजश्व दुवै घटेका छन्।

    images
    images

    विभागका अनुसार असोज महिनामा देशभरका मालपोत कार्यालयबाट जम्मा २३ हजार ३ सय ५३ लिखत पारित भएका छन्। यो संख्या भदौ महिनाको २७ हजार ४ सय ९४ र गत वर्षको असोज महिनाको ३० हजार ५ सय २७ भन्दा कम हो।

    कारोबार घटेसँगै सरकारको राजश्व संकलनमा पनि कमी आएको छ। असोज महिनामा घरजग्गा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड १८ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ। यो रकम भदौ महिनाको ३ अर्ब १४ करोड ७ लाख १६ हजार रुपैयाँ र साउन महिनाको ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ भन्दा कम हो।

    images
    images

    यसअघि असार महिनामा भने घरजग्गा कारोबारमा असामान्य वृद्धि देखिएको थियो। सो महिनामा ५५ हजार ५ सय २४ लिखत पारित हुँदा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो।

    काठमाडौं उपत्यकाभित्र पनि कारोबारमा भिन्नता देखिएको छ। डिल्लीबजार मालपोत कार्यालयबाट १५० लिखत, चाबहिलबाट ३७७, कलंकीबाट ९, साँखुबाट ३३०, मनमैजुबाट १५३ र टोखाबाट १२४ लिखत पारित भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend