काठमाडौँ । आज देशका विभिन्न प्रदेशहरूमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बिहान आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो देशभर आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ।
साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको छ। हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।




.gif)





