images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मादक पदार्थ सेवन गरेर सवारी चलाउने...

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक काठमाडौँमा पक्राउ

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक काठमाडौँमा पक्राउ

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा ट्राफिक प्रहरीले ७ जना सार्वजनिक सवारी चालकलाई पक्राउ गरेको छ।

    images
    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, बाफल, कोटेश्वर र सातदोबाटोमा गरिएको आकस्मिक चेकजाँचका क्रममा उनीहरू मादक पदार्थ सेवन गरेर बस तथा माइक्रो सञ्चालन गरेको भेटिएको हो।

    पक्राउ पर्नेमा बस चालक ३४ वर्षीय खम्ब दमाई, ३४ वर्षीय सिताराम गिरी, ६७ वर्षीय मोचाकाजी महर्जन, ३७ वर्षीय सकुल डोटेल, ३७ वर्षीय राजु कटुवाल, ४० वर्षीय धर्मदेव यादव र ३६ वर्षीय अजय गोले रहेका छन्।

    images
    images

    एसपी सुवेदीका अनुसार, पक्राउ परेका चालकलाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend