images

२०८३ आश्विन १७ गते

images
images
images

सरकारले ५२ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

सरकारले ५२ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

images
images
आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौँ । कात्तिक ९, सरकारले देशभरका सिँचाइ र सडक निर्माणसँग सम्बन्धित ५२ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ। यसमा सिँचाइका १२ र सडकका ४० ठेक्का समावेश छन्।

    images
    images

    सरकारको निर्णय सम्झौता अनुसार काम नगरी आयोजनाहरू अलपत्र पारेका निर्माण व्यवसायीहरू माथि कारबाहीका रूपमा भएको हो। सार्वजनिक खरिद ऐनअनुसार सम्बन्धित व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले सार्वजनिक सूचनामार्फत जानकारी दिँदै भन्यो कि फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीका १२ वटा रुग्ण सिँचाइ ठेक्का रद्द गरिएका छन्। यस्तै, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोड्ने प्रक्रिया गत असोज ३० गते सार्वजनिक सूचनाबाट सुरु भइसकेको छ।

    images
    images

    ठेक्का अन्त्य गर्ने निर्णय कार्यसम्पादन जमानत जफत र बाँकी कामको मूल्याङ्कन पछि अन्तिम रूपमा लागू हुने बताइएको छ। सरकारले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend