काठमाडौँ । कार्तिक ९, आज (आइतबार) दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। रातिः देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले आगामी तीन दिन सामान्य मौसम रहने भए पनि पहाडी हिमाली भूभागका बासिन्दालाई वर्षा वा हिमपातको सम्भावनाका कारण सतर्क रहन अनुरोध गरेको छ।




.gif)



