images

२०८३ आश्विन १७ गते

images
images
images

तीन महिनामा काँकरभिट्टा नाकाबाट रु ४ अर्ब ४८ करोड बढीको पेट्रोलियम पदार्थ आयात

तीन महिनामा काँकरभिट्टा नाकाबाट रु ४ अर्ब ४८ करोड बढीको पेट्रोलियम पदार्थ आयात

images
images
शनिवार, कार्तिक ८ २०८२
शनिवार, कार्तिक ८ २०८२
  • काठमाडौँ । कात्तिक ८, चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

    images
    images

    मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा रु पाँच करोड ९० लाख ३३ हजार (१.३० प्रतिशत) वृद्धि भएको हो।

    आयात वृद्धिसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि रु छ करोड ८९ लाख पाँच हजार (३.२० प्रतिशत) ले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।

    images
    images

    कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु दुई अर्ब २० करोड ६८ लाख ६२ हजार राजस्व संकलन भएको छ।

    तीन महिनामा काँकरभिट्टा नाकाबाट

    २६ हजार ३२० किलोलिटर पेट्रोल (मूल्य रु २ अर्ब ३२ करोड ७८ लाख),

    १३ हजार ३५६ किलोलिटर डिजेल (मूल्य रु १ अर्ब २६ करोड १५ लाख),

    छ हजार ३६१ मेट्रिक टन एलपी ग्यास (मूल्य रु ६२ करोड ८१ लाख),

    २ हजार २५६ किलोलिटर एटीएफ (मूल्य रु २० करोड २६ लाख), र ४२० किलोलिटर मट्टितेल (मूल्य रु ३ करोड ७९ लाख)

    आयात भएको भन्सार कार्यालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend