काठमाडौँ । देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ। सेनाले हालसम्म १,४०० किलोमिटरभन्दा बढी सडकको पाइलट ट्रयाक खोल्दै सरकारलाई हस्तान्तरण गरिसकेको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।
राष्ट्रिय गौरवका आयोजना अन्तर्गत कर्णाली करिडोरको खार्पुनाथस्थित चुवा खेलामा बेलिब्रिज जडानपछि हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यसमा पनि नेपाली सेनाको महत्वपूर्ण योगदान रहेको थापाले बताए।
हाल सेनाले खाँदवारी,किमाथाङ्का, कर्णाली करिडोर, बनीघाट,आरुघा,लर्कभञ्ज्याङ र दार्चुला,टिंकरण गरी पाँच वटा सडक आयोजनामा करीब २७४ किलोमिटर सडक निर्माणकार्य अघि बढाइरहेको छ। यी राष्ट्रिय गौरवका आयोजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न सेनाले प्राथमिकता दिएको छ।
यससँगै सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौँ,तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्य पनि तदारुकताका साथ अगाडि बढिरहेको निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिए।
वि।सं। २०७४ वैशाखमा सेनाले निर्माण जिम्मेवारी लिए पनि विस्तृत आयोजना प्रतिवेदन स्वीकृतमा ढिलाइ भएकाले प्रारम्भमा केही समय लागेको थियो।
७०.९७७ किलोमिटर लम्बाइको द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ४३.६ प्रतिशत र वित्तीय प्रगति ४४.७२ प्रतिशत पुगेको छ।
आयोजना अन्तर्गत ८७ वटाभन्दा बढी पुल बन्नेछन्, जसमा केही ८२ मिटरसम्म अग्ला रहनेछन्। यीमध्ये अधिकांश पुल निर्माण अन्तिम चरणमा पुगेका छन्।
जलेका अनुसार, वि.सं. २०८३ चैत मसान्तभित्रै र दुई खर्ब १३ अर्ब रुपैयाँको अनुमानित लागतभित्र आयोजना सम्पन्न हुनेछ।
द्रुतमार्ग बनेपछि काठमाडौँ र तराईबीचको दूरी घट्ने, ढुवानी लागत र समय बचत हुने र आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ।
सुरुङका सन्दर्भमा, ७ मध्ये २ वटा छिचोलिएका, २ वटा निर्माणाधीन र ३ वटाको पोर्टल कार्य भइरहेको सेनाले जनाएको छ। सेनाले तोकिएको लक्ष्यअनुसार कार्य सम्पन्न गर्न विशेष प्रयास गरिरहेको जनाएको छ।




.gif)





