images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • नेपालगन्ज नाकाबाट जडिबुटी निर्यातमा ११८ प्रतिशत...

नेपालगन्ज नाकाबाट जडिबुटी निर्यातमा ११८ प्रतिशत वृद्धि

नेपालगन्ज नाकाबाट जडिबुटी निर्यातमा ११८ प्रतिशत वृद्धि

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । कात्तिक ७, जडिबुटी निर्यातका लागि प्रमुख नाकाको रूपमा परिचित नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामै जडिबुटी निर्यातमा ११८ प्रतिशतले वृद्धि भएको छ।

    images
    images

    नेपालगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२।०८३ को साउन, भदौ र असोज महिनामा मात्र ५ लाख १२ हजार ९६७ किलो जडिबुटी निर्यात भएको छ, जसको मूल्य करिब १५ करोड २२ लाख ४० हजार रुपैयाँ रहेको छ।
    गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ५९ हजार ६६० किलो जडिबुटी ६ करोड ९९ लाख ४४ हजार रुपैयाँ बराबर निर्यात भएको थियो।

    भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालु आवको सुरुवातमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायल जस्ता वस्तुको निर्यात पनि उल्लेखनीय रूपमा बढेको छ।

    images
    images

    नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले जडिबुटी निर्यातमा देखिएको यो उत्साहजनक वृद्धिले किसान, सङ्कलक र व्यवसायी सबैलाई हौसला प्रदान गरेको बताउनुभयो।
    उहाँका अनुसार केही वर्षयता घट्दो निर्यात दर यो वर्ष पुनः वृद्धि हुन थालेकाले देशको आर्थिक सुधारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    संघका पूर्वअध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीका अनुसार भारतलगायतका मुलुकबाट जडिबुटीको माग बढ्दै गएको छ, जसले आगामी महिनाहरूमा निर्यात अझै बढ्ने संकेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend