images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • उपेन्द्र महतो माछापुच्छ्रे बैंकको संस्थापक सेयर...

उपेन्द्र महतो माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्री गरेर लक्ष्मी ग्रुप बाहिरिए

उपेन्द्र महतो माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्री गरेर लक्ष्मी ग्रुप बाहिरिए

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । कात्तिक ७, माछापुच्छ्रे बैंक लिमिटेडका संस्थापक सेयरधनीहरू मध्ये गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो र लक्ष्मी ग्रुप बैंकबाट पूर्ण रूपमा बाहिरिएका छन्।

    images
    images

    बैंकका वार्षिक विवरणअनुसार, आर्थिक वर्ष २०८०।८१ मा नै डा. महतोले मेडिसिटी अस्पतालका लागि हिमालयन बैंकबाट लिएको ऋण तिर्न आफ्नो सेयर बिक्री गरेका थिए।

    बैंक ऐनअनुसार, सञ्चालक समितिबाट बाहिरिएपछि एक वर्षभित्र सञ्चालक वा उनको परिवारले आफ्ना नाममा रहेको सेयर बिक्री गर्न नपाउने व्यवस्था छ। तर आर्थिक संकटका कारण ऋण तिर्नुपर्ने भएपछि उपेन्द्र महतोले भाइ सुरेन्द्र महतोको नाममा रहेको सेयर त्यही वर्ष बिक्री गरेका थिए।

    images
    images

    पछिल्लो वर्ष उपेन्द्र महतो सञ्चालक पदबाट बाहिरिए पछि आफ्नो नाममा रहेको बाँकी सेयर पनि भाइहरू वीरेन्द्र महतो र सुरेन्द्र महतोलाई बिक्री गरी बैंकबाट कागजी रूपमा समेत बाहिरिएका हुन्।

    आर्थिक वर्ष २०८०।८१ मा डॉ। उपेन्द्र महतोको बैंकमा ९।१४ प्रतिशत सेयर हिस्सा थियो, तर २०८१र८२ को अन्त्यसम्म उनको हिस्सा शून्यमा झरेको छ। यसबीचमा सुरेन्द्र महतोको सेयर हिस्सा १.७१ प्रतिशतबाट ७.७४ प्रतिशत पुगेको छ भने वीरेन्द्र महतोको हिस्सा ०.६१ प्रतिशतबाट १.५८ प्रतिशत पुगेको छ।

    त्यसै वर्ष सुरेन्द्र महतोको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गर्दै बैंकमा ९.२४ प्रतिशत सेयर स्वामित्व हासिल गरेको थियो। हाल उपेन्द्र महतोले ऋण चुक्ता गरेपछि ती सेयर पुनः आफ्ना भाइहरूलाई फिर्ता गरेका छन्।

    यसैबीच, लक्ष्मी ग्रुप पनि बैंकबाट पूर्ण रूपमा बाहिरिएको छ। ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठको नाममा रहेको ०.९१ प्रतिशत सेयर बिक्री भएको छ। सोही क्रममा सन नेपाल लाइफ इन्स्योरेन्सले ०.८६ प्रतिशत सेयर खरिद गरी माछापुच्छ्रे बैंकमा प्रवेश गरेको छ।

    त्यस्तै एनएमबि सरल बचत फण्ड इसँग रहेको ०.५४ प्रतिशत सेयर पनि बिक्री भएको छ भने लक्ष्मी ग्रुपकै आजद श्रेष्ठको नाममा रहेको ०.५७ प्रतिशत सेयर पनि बिक्री भइसकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend