images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • झापाको पूर्वी नाका  काँकरभिट्टाबाट आयात बढ्यो,...

झापाको पूर्वी नाका  काँकरभिट्टाबाट आयात बढ्यो, निर्यातमा कमी

झापाको पूर्वी नाका  काँकरभिट्टाबाट आयात बढ्यो, निर्यातमा कमी

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । कात्तिक ७, चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा झापाको पूर्वी नाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्।
    गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिमा रु १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु आयात भएकोमा यो वर्ष रु एक अर्ब ४४ करोड २७ लाख (१३ दशमलव ३१ प्रतिशत) ले वृद्धि भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो।

    images
    images

    तर, सोही अवधिमा निर्यात घटेको छ। चालु आवको पहिलो त्रैमासिकमा काँकरभिट्टाबाट रु चार अर्ब ८० करोड ३९ लाख बराबरका सामान विभिन्न मुलुकमा निर्यात भएका छन्।
    गत वर्षको सोही अवधिमा रु छ अर्ब आठ करोड ६९ लाख बराबरका वस्तु निर्यात भएका थिए। यसरी निर्यात २१ दशमलव ०८ प्रतिशत ले घटेको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताउनुभयो।

    कार्यालयका अनुसार यस नाकाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर सिट र मोलासिस रहेका छन् भने आयात हुने मुख्य मालवस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडा रहेका छन्।

    images
    images

    यस अवधिमा आयात निर्यातबाट रु चार अर्ब १५ करोड २० लाख आठ हजार राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।
    यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५ दशमलव ६९ प्रतिशत (रु ५६ करोड २९ लाख ९७ हजार) ले बढी हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend