images

२०८३ आश्विन १८ गते

images
images
images

शुक्रवार सन्तोषी माताको व्रत, विशेष धार्मिक महत्त्व बोकेको छ

शुक्रवार सन्तोषी माताको व्रत, विशेष धार्मिक महत्त्व बोकेको छ

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । कात्तिक ७, शुक्रबार, कात्तिक शुक्ल पक्षको तृतीया तिथि परेको छ। आजकै दिन संयुक्त राष्ट्रसंघ दिवस तथा विश्व सूचना दिवस विश्वभर मनाइँदैछ।

    images
    images

    हिन्दू धर्मावलम्बीका लागि आजको दिन विशेष धार्मिक महत्त्व बोकेको छ। शुक्रबारको दिनलाई शुक्र ग्रहसँग सम्बन्धित दिन मानिँदै आएको छ। यस दिन सन्तोषी माता, वैभवलक्ष्मी देवी, साथै लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा छ।

    धार्मिक मान्यता अनुसार, आज व्रत बसी विधिपूर्वक पूजा गर्नेले आर्थिक सम्पन्नता, सुख–शान्ति र समृद्धि प्राप्त गर्ने विश्वास रहिआएको छ। शुक्र ग्रहको पीडाबाट मुक्ति पाउन सेतो वस्त्र, सुगन्ध, चिनी, कपुर, रेशमी कपडा र चन्दन दान गर्नुपर्दछ। सेतो घोडा दान गर्नु पनि शुभ मानिन्छ।

    images
    images

    व्रत बस्नेहरूले फलाहारका रूपमा चना र सख्खर सेवन गर्न उपयुक्त हुन्छ भने अमिलो पदार्थ खानु अशुभ मानिन्छ। आजको दिन घरमा खीर बनाएर गरिबलाई बाँड्ने चलन छ, जसले घरको भण्डार भरिने विश्वास गरिएको छ।

    शुक्रवार सन्तोषी माताको व्रत बस्ने स्त्री–पुरुषका मनोकामना पूरा हुने र पारिवारिक सुख–शान्ति प्राप्त हुने धर्मग्रन्थमा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend