images

२०८३ आश्विन १८ गते

images
images
images

सुनसरीको बराहक्षेत्रमा मकालु मोटरबोट सेवा सञ्चालन

सुनसरीको बराहक्षेत्रमा मकालु मोटरबोट सेवा सञ्चालन

images
images
शुक्रवार, कार्तिक ७ २०८२
शुक्रवार, कार्तिक ७ २०८२
  • काठमाडौँ । कात्तिक ७, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्रसिद्ध बराहक्षेत्र मन्दिरदेखि भोजपुरको हतुवागढी–९ को कोप्चेसम्म मोटरेबल बोट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। सप्तकोसी नदीमा सुरु गरिएको यो ‘मकालु मोटरबोट सेवा’ले धार्मिक पर्यटन, स्थानीय आवागमन र कृषि उत्पादनको बिक्री–वितरणमा सहजता ल्याएको छ।

    images
    images

    सप्तकोसी नदीको तीव्र प्रवाहका कारण बराहक्षेत्र–कोप्चे खण्डलाई अघिसम्म जोखिम पूर्ण मानिँदै आएको थियो। सुनसरी र भोजपुर दुवै जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेपछि अब सो खण्डमा नियमित रूपमा मोटरबोट सञ्चालन भइरहेको छ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सप्तकोसी नदीको स्थल निरीक्षणपछि कुनै कानुनी वा भौतिक अवरोध नदेखिएकाले सेवा सञ्चालनका लागि अनुमति दिइएको हो।

    images
    images

    बराह क्षेत्र देखि कोप्चेसम्म करिब ६ किलोमिटर दूरी पार गर्न प्रतियात्रु ५०० रुपैयाँ भाडा तोकिएको छ। स्थानीयवासीका अनुसार यस सेवाले समय र खर्च दुबै घटाएको छ। हतुवागढीका किसान देबहाङ राईले बोट चढेर छोटो समयमा धरान–इटहरी पुग्न थालेको र फलफूल–तरकारी बजारमा पुर्‍याउन सजिलो भएको बताए।

    बोट सञ्चालन सँगै बराह क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमन पनि बढेको छ। श्रद्धालुहरूले पूजा, स्नानसँगै मोटरबोटमा सप्तकोसीको दृश्यावलोकन गर्न थालेका छन्। सञ्चालक अनिस थापाले चतरा माथिको त्रिसुले घाघी क्षेत्रको तीव्र प्रवाहका कारण नयाँ र सुरक्षित मार्ग छनोट गरी सेवा सञ्चालनमा ल्याइएको बताए।

    ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै हरेक यात्रुलाई लाइफ ज्याकेट अनिवार्य लगाएर मात्र बोट सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए।

    चतराका स्थानीय नवराज बिस्टका अनुसार बोट सञ्चालनले धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्रमा नयाँ गति थपेको छ। उनका अनुसार होटल, पसल र गेष्टहाउसमा चहलपहल बढेको छ र बराहक्षेत्र दर्शनका लागि आउने भक्तजनलाई सप्तकोसी पार गर्न सहज भएको छ।

    सप्तकोसीमा मोटरबोट सेवा सुरु भएपछि भोजपुर, उदयपुर र धनकुटाका कोशी किनारका बासिन्दाले पनि यसलाई नयाँ यातायातिक विकल्पको रूपमा प्रयोग गर्न थालेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend