काठमाडौँ । कात्तिक ७, आज देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने तर पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। दिउँसो पनि यस्तै मौसमी अवस्था रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभाव क्रमशः घट्दै गए पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको छ।




.gif)





