images

२०८३ आश्विन १६ गते

images
images
images

कोरला नाकाबाट ३ अर्ब राजस्व संकलन, विद्युतीय कार आयातमा वृद्धि

कोरला नाकाबाट ३ अर्ब राजस्व संकलन, विद्युतीय कार आयातमा वृद्धि

images
images
बिहिवार, कार्तिक ६ २०८२
बिहिवार, कार्तिक ६ २०८२
  • काठमाडौँ । कात्तिक ६, नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले हालसम्म ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो नाका चीनबाट विद्युतीय कार आयात हुने प्रमुख मार्गको रूपमा परिचित छ।

    images
    images

    Deushi bhailyo.jpg

    गत भदौ ३१ गते पूर्ण रूपमा व्यापारिक मार्गका रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सारले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यतर्फ पठाइसकेको छ। त्यस्तै, चीनबाट पैठारी गरिएका १४९८ वटा विद्युतीय कार भन्सार जाँचपछि प्रस्थान भइसकेको छ।

    images
    images

    चीनबाट दसैं–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक, इलेक्ट्रोनिक सामान आयात हुने भने नेपालतर्फबाट हस्तकला र नेपाली उत्पादनहरू निर्यात भइरहेको छ।

    कोरला नाकालाई तातोपानी र रसुवागढी नाका अवरूद्ध हुँदा वैकल्पिक नाका बनाएर सञ्चालनमा ल्याइएको थियो। हाल भन्सार विभागले कोरला नाकालाई अनलाइन भन्सार प्रणालीमा जोड्दै व्यापार सहज बनाउन विभिन्न उपायहरू अघि बढाएको छ।

    Deushi bhailyo.jpg

    कोरला नाकाको उच्च उचाइ (४६१० मिटर) र चिसो मौसमले इन्धन जम्ने र ढुवानीमा चुनौती पर्ने गरेको भन्सार प्रमुख रमेश खड्काले बताए। सडक सुधार र पूर्वाधार विकास आवश्यक रहेको पनि उनले बताए।

    यसअघि २०८० कात्तिक २७ गते चीनले उपल्लो मुस्ताङका नागरिकका लागि नाकालाई वर्षभर खुला गरेको थियो, जसले सीमा पारका लागि सहजता थपेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend