काठमाडौँ । कात्तिक ६, दिदी बहिनी वा दाजुभाइ नहुनेका लागि आज विशेष महत्व बोकेको दिन हो। काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर आज एकदिनका लागि सर्वसाधारणका लागि खुला गरिएको छ।
वर्षमा एकपटक मात्र भाइटीकाको दिन यो मन्दिर खोलिने परम्परा रहिआएको छ। दिदीबहिनी वा दाजुभाइ नभएका भक्तजनहरू यसै दिन बालगोपालेश्वरको पूजा दर्शन गरी टीका लगाउने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका आज दिनभर लगाउन कुनै बाधा छैन। तर साइत मिलाएर टीका लगाउनेहरूका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त उत्तम मानिएको छ। समितिका अनुसार राज्य सञ्चालकहरूले भने यही साइतमै टीका लगाउनुपर्ने परम्परा रहँदै आएको छ।
आज बिहानैदेखि भक्तजनहरूको भीडसँगै बालगोपालेश्वर मन्दिर पूजाआजा तथा दर्शनका लागि खुला गरिएको छ। त्यस्तै, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले आजको दिन पूजा, दर्शन र टीका लगाउने परम्परा अनुसरण गर्छन्।




.gif)





