काठमाडौँ । कात्तिक ६, नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको छैटौं दिन आज देशभर भाइटीका मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दाजुभाइले दिदीबहिनीबाट टीका, माला र मिठाई ग्रहण गर्दै दीर्घायु, समृद्धि र सफल जीवनको कामना प्राप्त गर्ने परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउन दिनभर शुभ भए पनि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त सबैभन्दा उत्तम समय मानिएको छ। समितिले टीका ग्रहण गर्ने व्यक्ति पश्चिम फर्किनु शुभ हुने जनाएको छ।
भाइटीकाको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई पाँच रंगका टीका, माला र मिठाई अर्पण गर्ने परम्परा रहिआएको छ भने दाजुभाइले दिदीबहिनीलाई उपहार र आशीर्वाद प्रदान गर्छन्। भाइटीकालाई दाजुभाइ र दिदीबहिनी बीचको स्नेह, माया र आत्मीयताको प्रतीकका रूपमा लिइन्छ।




.gif)





