images

२०८३ आश्विन १८ गते

images
images
images

आज बिहीबार भगवान विष्णुको पूजा आराधना

आज बिहीबार भगवान विष्णुको पूजा आराधना

images
images
बिहिवार, कार्तिक ६ २०८२
बिहिवार, कार्तिक ६ २०८२
  • काठमाडौँ । कात्तिक ६, आज बिहीबार, तिहारको प्रमुख दिन भाइटीका पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीकामाला लगाइदिने चलन छ।

    images
    images

    आज कात्तिक शुक्ल द्वितीया तिथि परेको छ। पञ्चाङ्ग अनुसार आजको दिन वृहस्पतिवार परेकोले भगवान श्रीहरि विष्णु र देवगुरु वृहस्पतिको पूजा आराधना गर्ने विशेष योग बनेको छ।

    धार्मिक मान्यता अनुसार आजको दिन व्रत बसेर पूजा गर्दा धन, पुत्र र विद्या प्राप्ति हुने विश्वास गरिन्छ। साथै, यस दिन विष्णुकी पत्नी देवी लक्ष्मीको पनि आराधना गर्नुपर्छ भन्ने परम्परा छ।

    images
    images

    पूजा विधि, बिहानै स्नान गरी शुद्ध भई पहेंलो वस्त्र धारण गर्नुपर्छ। पहेंलो फूल र चन्दन मिसाएर तयार गरिएको प्रसाद भगवान विष्णुलाई अर्पण गरी पूजा गरेपछि ‘ऊँ गुरवे नमः’ मन्त्रको कम्तीमा पाँच माला जाप गर्नुपर्छ। यसो गर्दा विष्णु प्रसन्न भई घरमा सदा आशीर्वाद रहन्छ भन्ने विश्वास गरिन्छ।

    यो व्रत १३ महिना वा कम्तीमा ७ महिनासम्म निरन्तर गर्नुपर्छ भन्ने मान्यता छ। आज अनुराधा नक्षत्र परेको खण्डमा यस व्रतको फल अझ उत्तम हुने धार्मिक ग्रन्थमा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend