काठमाडौँ । कात्तिक ६, आज देशका विभिन्न भागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा, साथै कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
दिउँसोका समयमा पनि सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस अवधिमा पनि देशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण त्यहाँ मौसम परिवर्तन देखिएको महाशाखाले जनाएको छ।




.gif)





