images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • बागमती प्रदेशले पहिलो त्रैमासमा ११.३४ प्रतिशत...

बागमती प्रदेशले पहिलो त्रैमासमा ११.३४ प्रतिशत राजस्व सङ्कलन

बागमती प्रदेशले पहिलो त्रैमासमा ११.३४ प्रतिशत राजस्व सङ्कलन

images
images
बुधवार, कार्तिक ५ २०८२
बुधवार, कार्तिक ५ २०८२
  • बागमती । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड ५० लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

    images
    images

    आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेशको मुख्य राजस्व स्रोत हुन्। यी दुवै शीर्षक सहित बाँडफाँडबाट चालु आवमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा साउन देखि असोज सम्म १४ दशमलव २१ प्रतिशत, अर्थात् चार अर्ब ३८ करोड ८३ लाख १३ हजार मात्र सङ्कलन भएको हो।

    घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट तीन महिनामा एक अर्ब दुई करोड ५२ लाख २६ हजार (१३.३१ प्रतिशत) राजस्व सङ्कलन भएको छ भने सवारीसाधन कर शीर्षकबाट एक अर्ब ७४ करोड ६१ लाख ५० हजार (२१.१७ प्रतिशत) राजस्व उठाइएको छ।

    images
    images

    त्यस्तै बाँडफाँट अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकबाट एक अर्ब १५ करोड ४६ लाख आठ हजार राजस्व सङ्कलन भएको छ। अन्तःशुल्क करबाट ४२ करोड ११ लाख ३३ हजार, र संघीय समानीकरण अनुदान अन्तर्गत दुई अर्ब ३३ करोड ९९ लाख १६ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ।

    आन्तरिक स्रोतबाट सङ्कलित राजस्व पनि लक्ष्य अनुसार हुन सकेको छैन। चार अर्ब ७७ करोड ७४ लाख २५ हजारको लक्ष्य रहेकामा तीन महिनामा ८७ करोड आठ लाख २० हजार मात्र सङ्कलन भएको छ।

    सूचना अधिकारी पौडेलका अनुसार आर्थिक तरलता, घरजग्गा तथा सवारीसाधन कारोबारमा आएको मन्दी, र गत भदौ २३,२४ गतेको जेनजी आन्दोलनका क्रममा राजस्व निकायमा पुगेको क्षतिले गर्दा अपेक्षाकृत राजस्व सङ्कलन प्रभावित भएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend