काठमाडौँ । अक्टोबर २१, मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। पछिल्ला केही महिना देखि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुन मंगलबार एकैदिनमा करिब ६.१४ प्रतिशतले घटेर ४०९० अमेरिकी डलर प्रतिआउन्समा झरेको हो। यो गिरावट सन् २०१३ अप्रिल पश्चातको सबैभन्दा ठूलो हो।
विश्लेषकहरुका अनुसार सुनको मूल्यमा आएको यो अचानक गिरावटका प्रमुख कारण यसप्रकार छन्ः
पछिल्लो समय सुन ऐतिहासिक उच्च स्तरमा पुगेको हुँदा लगानीकर्ताले नाफा सुरक्षित गरेका हुन्।
अमेरिका र चीनबीचको तनावमा कमी आएपछि सुरक्षित लगानीका रुपमा सुनको माग घटेको हो।
अमेरिकी डलरको इन्डेक्स बलियो बन्दै गएपछि बाँकी मुलुकका लगानीकर्ताका लागि सुन खरिद महँगो परेको छ।
अमेरिकी सरकारको शटडाउन चाँडै अन्त्य हुने संकेतले पनि बजारमा सकारात्मक सन्देश दिएको छ।
साथै, सुनको मूल्य ‘बबल जोन’ मा पुगेको विश्लेषणले पनि लगानीकर्तामा बेच्ने दबाब सिर्जना गरेको हो।
विश्लेषकका अनुसार आगामी दिनमा सुनको मूल्यमा अझ उतार चढाव देखिन सक्ने सम्भावना रहेको छ।




.gif)





