images

२०८३ आश्विन १८ गते

images
images
images

तिथि मिल्दा पनि तिहारका कुनै पर्व मंगलबार परेनन्

तिथि मिल्दा पनि तिहारका कुनै पर्व मंगलबार परेनन्

images
images
मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौँ ।  कार्तिक ४, कृष्ण औँसी मंगलबार परे पनि तिहारका प्रमुख पर्वहरू यस दिन परेका छैनन्। सामान्यतया लक्ष्मीपूजा औँसीको रातमा गरिन्छ, तर यस वर्ष औँसी तिथि दिउँसोमै समाप्त भएकाले सोमबार राति नै लक्ष्मीपूजा गरिएको छ।

    images
    images

    पञ्चाङ्ग निर्णायक समितिले सोमबार साँझ नै लक्ष्मीपूजा गर्न निर्देशन दिएपछि धेरैले त्यसैअनुसार सोमबार बेलुका लक्ष्मीपूजा गरेका थिए। यद्यपि, मंगलबार बिहान कुकुर तिहारको पूजाआजा भने गरिएको छ।

    मूल वैदिक परम्परालाई मान्ने केही अनुयायीहरूले भने तिथि नटुट्ने आधारमा मंगलबार नै लक्ष्मीपूजा गरेका छन्। काठमाडौँ उपत्यकाका नेवार समुदायका कतिपयले सूर्योदयका समयमा जुन तिथि लागिरहेको हुन्छ, त्यही तिथिमा कर्म गर्नुपर्ने मान्यता अनुसार मंगलबार नै लक्ष्मीपूजा गरेका छन्।

    images
    images

    त्यस्तै, भक्तपुर नगरपालिकाका नेवार समुदायले भने मंगलबार कार्तिक कृष्ण प्रतिपदाको अवसरमा म्ह पूजा (आत्मपूजा) गरिरहेका छन्। तिथिको समय मिल्दोजुल्दो हुँदा यो वर्ष तिहारको पूजाआजामा विविधता देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend