images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • भद्रपुर आन्तरिक राजस्व कार्यालयले पहिलो त्रैमासमै...

भद्रपुर आन्तरिक राजस्व कार्यालयले पहिलो त्रैमासमै ७५ करोडभन्दा बढी राजस्व सङ्कलन

भद्रपुर आन्तरिक राजस्व कार्यालयले पहिलो त्रैमासमै ७५ करोडभन्दा बढी राजस्व सङ्कलन

images
images
मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौँ । कार्तिक ४,आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ।

    images
    images

    कार्यालयका प्रमुख कर अधिकृत गोपालबहादुर थापाका अनुसार यो सङ्ख्या वार्षिक राजस्व लक्ष्यको १६.९० प्रतिशत हो। चालू आर्थिक वर्षमा कार्यालयले ४ अर्ब ४५ करोड ५० लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।

    पहिलो त्रैमासिकमा ८७ करोड १० लाख २८ हजार रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ८६.४२ प्रतिशत लक्ष्य पुरा भएको छ।

    images
    images

    त्रैमासिक अवधिमा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि कर (भीएटी) बाट ३१ करोड ९ लाख २४ हजार र अन्तःशुल्कबाट १८ करोड ६९ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

    गत आर्थिक वर्ष २०८१।०८२ को सोही अवधिमा ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो।

    राजस्व लक्ष्य हासिल गर्न कार्यालयले करदाता माथि अत्यधिक दबाब नपर्ने गरी बजार अनुगमन, निगरानी र लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षाको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी प्रमुख कर अधिकृत थापाले दिनुभयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend