images

२०८३ आश्विन १८ गते

images
images
images

आज कुकुर तिहार र नरक चतुर्दशी, देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै

आज कुकुर तिहार र नरक चतुर्दशी, देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै

images
images
सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • काठमाडौँ । कात्तिक ३, यमपञ्चकको दोस्रो दिन आज देशभर कुकुर तिहार तथा नरक चतुर्दशी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू वैदिक परम्परा अनुसार आजको दिन कुकुरलाई पूजा गरी वफादारी, सुरक्षा र धर्मका प्रतीकको रूपमा सम्मान गरिन्छ।

    images
    images

    कुकुर तिहारमा नेपालीहरू आफ्नो घर आँगनका कुकुरहरूलाई फूलको माला, टीका र मीठा परिकार अर्पण गरी श्रद्धापूर्वक पूजा गर्छन्। धार्मिक विश्वासअनुसार कुकुर यमराजका दूत तथा धर्मराजका द्वारपाल हुन्। पुराणमा उल्लेख गरिए अनुसार, यमलोकको रक्षक कुकुरलाई आजको दिन पूजा गर्दा मृत्युपश्चात् आत्माको स्वर्गारोहण सहज हुने मान्यता छ।

    द्वापर युगको महाभारत कालीन कथा अनुसार, धर्मराज युधिष्ठिरलाई स्वर्गारोहणको अन्तिम यात्रा सम्म एक वफादार कुकुरले साथ दिएको प्रसङ्गले कुकुर प्रतिको सम्मान अझ प्रगाढ बनाएको छ। ऋग्वेदमा ‘समरा’ नामक एक कुकुर आमाको वर्णन छ, जसले इन्द्रलाई हराएको वस्तु फेला पार्न सघाएकी थिइन्। यसरी, कुकुर सनातन परम्परामा सन्देश वाहक, सुरक्षाकर्मी र निष्ठाको प्रतीक मानिन्छ।

    images
    images

    आजको दिन कुकुरको पूजा नगरी भोजन गर्दा पाप लाग्ने धार्मिक मान्यता छ। त्यसैले भक्तजनहरू आज घरपालुवा तथा सडकका कुकुरहरूलाई समेत माया, सम्मान र मिठो भोजन अर्पण गरी पूजाआजा गरिरहेका छन्।

    नरक चतुर्दशी, शुद्धीकरणको दिन,आजकै दिन नरक चतुर्दशी पनि हो, जसलाई पाप नाश र आत्मशुद्धीकरणको विशेष दिन मानिन्छ। धार्मिक विधिअनुसार, आज बिहान उज्यालो हुनु अघि तिलको तेल, चन्दन र सुगन्धित पदार्थ प्रयोग गरी स्नान गर्ने परम्परा छ। यसरी स्नान गर्दा नरकको पीडाबाट मुक्त हुने विश्वास गरिन्छ।

    स्नानअघि अपमार्ग वनस्पति जलमा डुबाएर शिरमा घुमाउने र “मेरा सबै पाप हटून्” भन्ने भावसहित मन्त्र पढ्ने चलन छः
    सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित ।
    हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुन ॥

    स्नानपछि दक्षिण दिशातर्फ फर्किएर यमराजका १४ नाम उच्चारण गरी तिलयुक्त जलले तर्पण गर्ने परम्परा रहेको छ। यी नामहरू यसप्रकार छन्यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूताक्ष, औदुम्बर, दन्ध, नील, परेमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त।

    धार्मिक जनविश्वास अनुसार यसरी तर्पण गरे वर्षौंको पाप नष्ट भई आत्मा शुद्ध हुन्छ र स्वर्ग प्राप्तिको बाटो खुल्छ।

    आजको दिन विशेषगरी मासको पातको साग खाने चलन छ, जसले पाप नाश गर्ने जनश्रुति रहेको छ। साथै नर्के नुहाउने अर्थात् शुद्धीकरण स्नान, दीप दान र आलसको बोट बालेर आगो ताप्ने परम्पराले पनि आजको दिनलाई विशेष बनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend