images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेपाली क्रिकेट टोलीका सबै सदस्यलाई सन...

नेपाली क्रिकेट टोलीका सबै सदस्यलाई सन नेपाल लाइफले रु ३० लाखको बीमा सुरक्षा

नेपाली क्रिकेट टोलीका सबै सदस्यलाई सन नेपाल लाइफले रु ३० लाखको बीमा सुरक्षा

images
images
शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • काठमाडौँ । कातिक १, ऐतिहासिक रुपमा पुरुष क्रिकेट विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय टोलीलाई सम्मान स्वरूप सन नेपाल लाइफ इन्स्योरेन्सले टोलीका सबै सदस्यका लागि बीमा सुरक्षा प्रदान गर्ने घोषणा गरेको छ।

    images
    images

    कम्पनीले जनाएका अनुसार, प्रत्येक खेलाडीलाई रु ३० लाख बराबरको बीमा उपलब्ध गराइनेछ। यो बीमा अन्तर्गत आकस्मिक दुर्घटना तथा उपचार खर्च समेटिएको छ। साथै, खेलाडीहरूले ‘सन मेडिकेयर’ अन्तर्गत नेपालकै पहिलो आपतकालीन स्वास्थ्य सेवा सुविधा पनि प्राप्त गर्नेछन्।

    सन नेपाल लाइफले सुरक्षा मार्फत साहस र प्रेरणा भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै राष्ट्रिय गौरवका लागि समर्पित खेलाडीहरूलाई सम्मान गर्न यो कदम चालेको जनाएको छ। कम्पनीका अनुसार, यो पहलले जीवन सुरक्षित, सपना सशक्त बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

    images
    images

    नेपालको क्रिकेट यात्रामा ऐतिहासिक मोड ल्याउने टोलीप्रति जनस्तरमा देखिएको उत्साहलाई थप बल दिने उद्देश्यले गरिएको यस घोषणालाई सकारात्मक रूपमा लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend