काठमाडौँ । असोज ३१, नेपाल सरकारले हिमाल आरोहण अनुमतिबाट सन् २०२४ अक्टोबर १५ देखि २०२५ अक्टोबर १५ सम्मको एक वर्षको अवधिमा १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
नेपालमा २२ सयभन्दा बढी हिमालमध्ये ४५० वटा हिमाल आरोहणका लागि खुला गरिएको छ। तर, सो अवधिमा पर्यटन विभागबाट ७६ हिमाल र नेपाल पर्वतारोहण संघबाट २४ हिमालका लागि मात्र आरोहण अनुमति दिइएको छ।
सगरमाथाबाट सबैभन्दा बढी आम्दानी,सगरमाथा आरोहणका लागि ५० टोलिका ४७३ जनाले अनुमति लिँदा मात्र ६९ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो कुल राजस्वको ७८ प्रतिशत हिस्सा हो। अघिल्लो वर्ष ६० करोड २५ लाख संकलन भएको थियो।
मनास्लु, हिमलुङ, मकालुबाट पनि उल्लेखनीय आम्दानी,मनास्लुः३२ टोली, ३७७ जना आरोही – १५ करोड ७८ लाख,मकालुः १ करोड ९९ लाख,हिमलुङः १ करोड २२ लाख,पर्वतारोहण संघको माध्यमबाट १७ करोड बढी संकलन
नेपाल पर्वतारोहण संघले अनुमति दिने २७ हिमाल मध्ये मेरापीक, इम्जा त्से र लोबुचे हिमालबाट ९१ प्रतिशत राजस्व आएको छ। मेरापीकः ५ करोड ६४ लाख,इम्जा त्सेः ५ करोड ५१ लाख,लोबुचेः ४ करोड ३९ लाख
निःशुल्क हिमालमा पनि सुरु भयो आरोहण सरकारले प्रचारप्रसारका लागि निःशुल्क बनाएका केही हिमालहरूमा पनि आरोहण सुरु भएको छ। अपी, एचीयान, आस्ज्या टुप्पा, अदोङ, बिजोरा, कोगी र कान्ति हिमालमा सानो संख्यामा आरोहीहरूले अनुमति लिएका छन्।
अमेरिकी नागरिक अग्रस्थानमा,नेपालमा हिमाल आरोहणका लागि सबैभन्दा बढी अनुमति अमेरिकी नागरिक ९३०० जना० ले लिएका छन्। त्यसपछि क्रमशः चीन, फ्रान्स, बेलायत, र रसिया रहेका छन्।
मृत्यु दरमा वृद्धि,सन् २०२३–२४ मा १३ जनाको मृत्यु भएकोमा, सन् २०२४–२५ मा यो संख्या १५ पुगेको छ। २ जना आरोही अझै हराइरहेका छन्। नेपालको पर्यटन क्षेत्र अझै पनि हिमाल आरोहणकै भरमा रहेको स्पष्ट देखिन्छ। सगरमाथाजस्ता विश्वप्रसिद्ध हिमालहरूले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको भए पनि अन्य हिमालहरूको प्रचारप्रसार र पूर्वाधार विकासमा अझ ध्यान दिन आवश्यक देखिन्छ।




.gif)





