images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • रुकुमपूर्वमा १९ दिनका लागि सडकखण्ड बन्द,...

रुकुमपूर्वमा १९ दिनका लागि सडकखण्ड बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

रुकुमपूर्वमा १९ दिनका लागि सडकखण्ड बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । असोज ३१, रुकुमपूर्वको प्रमुख यातायात मार्ग मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अन्तर्गत पर्ने रानिकोट–किटनी सडकखण्ड १९ दिनका लागि बन्द हुने भएको छ। बाँकी निर्माण कार्यलाई तीव्रता दिन आउँदो कार्तिक १२ गतेदेखि ३० गतेसम्म सो खण्डमा सवारीसाधन आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको हो।

    images
    images

    जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा शुक्रबार बसेको बैठकले निर्माण कार्य छिटो र सहज बनाउने उद्देश्यले उक्त निर्णय गरेको हो। बैठकमा मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले बाँकी काम सम्पन्न गर्न तत्काल सडक बन्द गर्नुपर्ने प्रस्ताव राखेका थिए।

    निर्णय अनुसार, ठूला सवारीसाधनका लागि वैकल्पिक मार्गको रूपमा कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत सडक प्रयोग गर्न सकिनेछ भने साना सवारीसाधनले कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्नेछन्।

    images
    images

    साथै, वैकल्पिक मार्गहरूमा सवारी सञ्चालन सहज बनाउन आवश्यक स्थानहरूमा जेसिभी मेसिन परिचालन गरी सडक मर्मत गरिनेछ। आयोजनाले तोकिएको अवधिभित्र निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

    सडक बन्द र वैकल्पिक मार्गसम्बन्धी सूचना प्रभावकारी रूपमा प्रचार–प्रसार गर्न नेपाल पत्रकार महासंघ, रुकुमपूर्वले जिम्मेवारी लिने निर्णयसमेत गरिएको छ।

    बैठकमा स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, निर्माण कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सडक निर्माण छिटो सम्पन्न भई यातायात सेवा सहज हुने अपेक्षा व्यक्त गरेका छन्।

    सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काले तोकिएको अवधिभित्र निर्माण कार्य सक्ने लक्ष्य रहेको जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend