काठमाडौँ । असोज २९, चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको चालु खाता, प्रत्यक्ष वैदेशिक लगानी, र शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार, समीक्षा अवधिमा चालु खाता रु. १३० अर्ब ६९ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. ५४ अर्ब ४१ करोडको बचत भन्दा निकै उच्च हो। अमेरिकी डलरमा हेर्दा, यो बचत ९३ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष ४१ करोड डलर थियो।
त्यस्तै, खुद पुँजीगत ट्रान्सफर पनि यस अवधिमा रु. २ अर्ब २० करोड पुगेको छ, जुन अघिल्लो वर्षको रु. १ अर्ब २० करोड को तुलनामा वृद्धि हो।
तर, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भने अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ। समीक्षा अवधिमा यस्तो लगानी रु. १ अर्ब २७ करोड मात्र भित्रिएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा रु. २ अर्ब ७१ करोड लगानी भित्रिएको थियो।
शोधनान्तर स्थिति पनि उल्लेखनीय रूपमा सकारात्मक देखिएको छ। यो अवधिमा रु. १५३ अर्ब ६८ करोडको बचत भएको छ, जुन अघिल्लो वर्षको रु. १०१ अर्ब ७७ करोड को तुलनामा निकै बढी हो। अमेरिकी डलरमा हेर्दा, यो १ अर्ब १० करोड डलरको बचत हो, जबकि अघिल्लो वर्ष ७६ करोड डलर थियो।




.gif)





