काठमाडौँ । असोज २७, छिमेक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्था प्रमुख पदमा नियुक्तिका लागि एक जना कर्मचारी माग गरेको छ। संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई कात्तिक १३ गतेभित्र आवेदन दिन आह्वान गरेको हो।
संस्थाका अनुसार, उम्मेदवारले नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। लेखा, कर तथा व्यवस्थापन सम्बन्धी कार्यमा दक्षता राख्ने र सहकारी क्षेत्रमा कार्य अनुभव वा तालिम प्राप्त उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
उम्मेदवारको उमेर कम्तीमा २५ वर्ष र बढीमा ५० वर्ष ननाघेको हुनुपर्नेछ। छनोट प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ, पहिलो चरणमा लिखित परीक्षा र दोस्रो चरणमा अन्तर्वार्ता।
इच्छुक उम्मेदवारले आवश्यक कागजातहरू संलग्न गरी तोकिएको समयावधिभित्र आवेदन दिनुपर्नेछ। संस्थाले समयमै आवेदन दिन विशेष अनुरोध समेत गरेको छ।





.gif)





