काठमाडौँ । असोज २६, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकले ७० करोड रुपैयाँ चुक्तापुँजीका आधारमा कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश अन्तर्गत, कम्पनीले ८ प्रतिशत बोनस शेयर वितरण गर्नेछ, जसको कुल रकम ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ हुनेछ। त्यस्तै, कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश, अर्थात् २९ लाख ४७ हजार रुपैयाँ वितरण गरिनेछ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि आगामी कात्तिक २१ गते सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सो सभा सम्पन्न भई प्रस्ताव स्वीकृत भएपछि मात्र लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।
यसै सभाबाट बोनस शेयर वितरण पछि कायम हुने ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँ चुक्तापुँजीको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।




.gif)





