images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सारको सबैभन्दा...

पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सारको सबैभन्दा धेरै राजस्व संकलन

पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सारको सबैभन्दा धेरै राजस्व संकलन

images
images
आइतवार, आश्विन २६ २०८२
आइतवार, आश्विन २६ २०८२
  • काठमाडौँ । असोज २६, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ। कार्यालयका अनुसार पाँच प्रकारका पेट्रोलियम पदार्थ आयातबाट मात्रै ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन कुल राजस्वको २८.५६ प्रतिशत हो।

    images
    images

    भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार पेट्रोलियम पदार्थ र सवारीसाधन प्रमुख राजस्व स्रोतका रूपमा देखिएका छन्। यातायातका साधन तथा पार्टपुर्जाबाट ५ अर्ब १४ करोड रुपैयाँ (१५.६८%) राजस्व संकलन भएको छ भने फलाम तथा फलामबाट बनेका सामग्रीबाट २ अर्ब ५४ करोड रुपैयाँ (६.४९%) र कपडाबाट १ अर्ब ९८ करोड रुपैयाँ (५.६%) राजस्व उठेको छ।

    चालु आवको पहिलो दुई महिनामा वीरगञ्ज भन्सार कार्यालय मार्फत कुल ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो तथ्यांकले आयातमा आधारित भन्सार प्रणाली नेपालको राजस्व संकलनमा कति महत्वपूर्ण छ भन्ने स्पष्ट पार्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend