images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • देशभरको मौसम कस्तो रहलाः आंशिक बदली,...

देशभरको मौसम कस्तो रहलाः आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना

देशभरको मौसम कस्तो रहलाः आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना

images
images
शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौँ । असोज २४, आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक बदली रहने जलवायु पूर्वानुमान गरिएको छ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    images
    images

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसमविद्‌हरूका अनुसार यी क्षेत्रहरूमा वायुमण्डलीय चाप प्रणालीको कारण स्थानीय रूपमै बदली देखिएको हो।

    यसैगरी, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव रहेको छ। यस क्षेत्रका धेरै स्थानमा मौसम परिवर्तनको असर देखिन सक्नेछ। गण्डकी प्रदेशको पश्चिमी भूभागमा पनि केही स्थानमा मौसममा असर पर्ने अनुमान गरिएको छ।

    images
    images

    बाँकी भूभागहरूमा भने हाल मनसुनी वायूको प्रभाव कमजोर देखिएको छ, जसका कारण मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend