images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • बिपी राजमार्गको मन्त्री घिसिङद्वारा निरीक्षण, चाँडो...

बिपी राजमार्गको मन्त्री घिसिङद्वारा निरीक्षण, चाँडो सम्पन्न गर्न निर्देशन

बिपी राजमार्गको मन्त्री घिसिङद्वारा निरीक्षण, चाँडो सम्पन्न गर्न निर्देशन

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । काभ्रेपलाञ्चोक,भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले गत साता आएको बाढी र पहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गको निरीक्षण गरेका छन्।

    images
    images

    बिहीबार मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी लगायतको टोली सहित काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले क्षति पुर्‍याएका सडकका विभिन्न खण्डको स्थलगत अवलोकन गरेका हुन्।

    अवलोकनका क्रममा मन्त्री घिसिङले बाढीले भत्काएको राजमार्ग सञ्चालनमा ल्याउन निर्माणाधीन अस्थायी ‘डाइभर्सन’लाई यथासक्य चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले भने, “थप उपकरण र जनशक्ति परिचालन गरेर राति पनि काम गरी शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुने गरी काम तीव्र पार्न आवश्यक छ।”

    images
    images

    सडक डिभिजन, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तह सँग समन्वय गरी प्राथमिकताको आधारमा मर्मत कार्य अघि बढाउन मन्त्री घिसिङले निर्देशन दिएका छन्। साथै, गत वर्ष रोशी खोलाले बगाएको महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलमा तत्काल बेलिब्रिज निर्माण गर्न पनि निर्देशन दिइएको छ।

    स्थानीय जनप्रतिनिधिहरूले अवलोकनका क्रममा राजमार्ग अवरुद्ध हुँदा स्थानीयवासीले भोग्नुपरेको सास्तीबारे जानकारी गराएका थिए। बाढीले कटान गर्दा करिब ४ किलोमिटर डाइभर्सन पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएको छ।

    हाल बिपी राजमार्गमा आठ स्थानबाट डाइभर्सन निर्माण भइरहेको छ। तीमध्ये काभ्रेपलाञ्चोकमा पाँच स्थान (चौकीडाँडा, घुमाउने, चारसय बेँशी, पिन्थली र भ्याकुरे खोला) र सिन्धुलीमा तीन स्थानबाट निर्माण कार्य भइरहेको सडक विभागले जनाएको छ।

    डाइभर्सन निर्माणका लागि १२ स्काभेटर, ४ ह्वील लोडर र ८ टिपर परिचालन गरिएको छ। सिन्धुलीका तीन डाइभर्सनमध्ये दुई स्थानमा आज साँझसम्म काम सकिने र बाँकी एक स्थानमा शुक्रबारसम्म सम्पन्न हुने अनुमान गरिएको छ।

    जिल्ला ट्राफिक कार्यालयका अनुसार चौकीडाँडा नेपालथोक सडक खण्डको करिब २० किलोमिटर सडक पूर्ण रूपमा बन्द रहेको छ। बाढीका कारण राजमार्गका १७ स्थानमा क्षति पुगेको छ। स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ।

    पूर्वी नेपालसँग काठमाडौँ उपत्यकालाई जोड्ने छोटो र महत्त्वपूर्ण बिपी राजमार्ग मार्फत दैनिक हजारौं सवारीसाधन सञ्चालन हुँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend