काठमाडौँ । असोज २२, दशैंपछिको दोस्रो कारोबार दिन बुधबार सेयर बजारमा आज पनि पहिरो गएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा झरेको हो।
यसअघि मंगलबार दशैंपछिको पहिलो कारोबार दिन नेप्से ६३.१५ अंकले घटेको थियो। त्यस दिन नेप्से २.३७ प्रतिशतले घटेर २६००.३५ बिन्दुमा बन्द भएको थियो।
बुधबार कुल ३ सय ३५ वटा कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५ सय ४ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँ पुगेको छ।
आजको कारोबारमा नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। कम्पनीको कुल कारोबार रकम २६ करोड १६ लाख ९० हजार ८९७ रुपैयाँ पुगेको छ। यस कम्पनीको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १,३०७ रुपैयाँ रहेको छ।
बजारमा आज १८ कम्पनीको सेयर मूल्य बढेको, २३२ कम्पनीको घटेको र १ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।
सबैभन्दा धेरै वृद्धि गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर छ, जसको मूल्य ७.०९ प्रतिशतले बढेको छ। उता, प्रभु इन्स्योरेन्सको सेयर मूल्य ६.१२ प्रतिशतले घटेर सबैभन्दा धेरै गिरावट भएको कम्पनीको सूचीमा परेको छ।




.gif)





