काठमाडौँ । असोज २०, अविरल वर्षा, पहिरो र नदी कटानका कारण देशभरका २४ वटा प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। आइतबार साँझ ९ बजे प्रहरीले सार्वजनिक गरेको बुलेटिन अनुसार विभिन्न जिल्लामा पर्ने यी राजमार्गहरूमा पहिरो र सतह कटानका कारण सवारी आवागमन ठप्प भएको हो।
पाँच स्थानमा सवारी साधन होल्ड गरिएको जनाइएको छ। काठमाडौँबाट बाहिरिने मुख्य नाका नागढुंगामा सवारी साधन होल्ड गरिएको छ भने, नारायणगढ मुग्लिन सडकखण्डको तुइनखोलामा समेत दुईतर्फी सवारी रोकिएको छ।
यस्तै, अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ पकुचा, बीपी र अरनिको राजमार्ग अन्तर्गत दोलालघाटमा समेत दुवैतर्फ सवारी होल्ड गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन, अत्यावश्यक बाहेक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।







.gif)





