images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सरकारको सतर्कताले मानवीय क्षति न्यून, मन्त्री...

सरकारको सतर्कताले मानवीय क्षति न्यून, मन्त्री घिसिङ

सरकारको सतर्कताले मानवीय क्षति न्यून, मन्त्री घिसिङ

images
images
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौँ । असोज १९, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले हालको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर मानवीय क्षति न्यून भएको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले सरकारले चालेको सतर्कता र तयारीका कारण धेरै ठाउँमा मानवीय क्षति टारिएको दाबी गरे।

    images
    images

    उनले भने, “सरकारको सतर्कताका कारण बाढीका कारण मानवीय क्षति भएको छैन। इलाममा ३५१ मिलिमिटर वर्षा भएर अतिवृष्टि भएको थियो, जसले पहिरो निम्त्यायो र त्यहाँ केही मानवीय क्षति भएको छ। तर त्यो बाहेक अन्य क्षेत्रमा स्थिति तुलनात्मक रूपमा सुरक्षित छ।”

    मन्त्री घिसिङका अनुसार पूर्वी नेपालमा अझै वर्षा जारी छ तर भोलि सम्ममा त्यो पनि कम हुने अनुमान गरिएको छ। पश्चिमतर्फका सडकहरु तत्कालै सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको उनले जानकारी दिए।

    images
    images

    उनले भौतिक संरचनामा भने केही क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माण कार्यलाई सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend