images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • आँबुखैरेनी मुग्लिन सडक खण्ड अवरुद्ध, साँखरमा...

आँबुखैरेनी मुग्लिन सडक खण्ड अवरुद्ध, साँखरमा सडक भासियो

आँबुखैरेनी मुग्लिन सडक खण्ड अवरुद्ध, साँखरमा सडक भासियो

images
images
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौँ । असोज १९, दमौली लगातार परेको वर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा पृथ्वीराजमार्ग अन्तर्गतको सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको अविरल वर्षाले सडक भासिँदा आँबुखैरेनी मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

    images
    images

    प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीका अनुसार जोखिमयुक्त अवस्थामा रहेको सो क्षेत्रमा यात्रु तथा सवारी साधनहरूलाई तत्काल यात्रा नगर्न अनुरोध गरिएको छ।

    यो स्थान विगतमा पनि जोखिमपूर्ण रहँदै आएको छ। विसं २०७९ जेठ २७ गते पनि सोही स्थानमा सडक भासिएको थियो। त्यसबेला भित्ता तर्फबाट काटेर मस्र्याङ्दी नदीतर्फ पर्खाल उठाएर सुधार गरिएको थियो। तर, पुनः सोही ठाउँमा सडक भासिएकोले जोखिम अझ बढेको प्रहरीको भनाइ छ।

    images
    images

    सडक मर्मत तथा अवरोध हटाउने प्रयास भइरहे पनि निरन्तर वर्षाले काममा कठिनाइ भएको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend