काठमाडौँ । असोज १८, सरकारले जेनजी आन्दोलनका क्रममा मारिएका सहिदका परिवार र घाइते व्यक्तिका उपचारका लागि स्वदेश तथा विदेशमा संकलन भइरहेको सहयोग रकम केवल आधिकारिक भौतिक पूर्वाधार निर्माण कोषमा जम्मा गर्न आग्रह गरेको छ।
अर्थ मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न गैरसरकारी संघसंस्था मार्फत सहयोग रकम संकलन र परिचालन भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले स्रोतको समान्तर र अपारदर्शी प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै पारदर्शिता र जवाफ देहिताका लागि सबै सहयोग रकम आधिकारिक कोष मार्फत सञ्चालन गर्न अनुरोध गरेको हो।
सहयोग रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको भौतिक पूर्वाधार पुनर्निर्माण कोष को खाता नम्बर १९६०१००१०२०७०००४ मा रकम पठाउन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार, यस कदमले सहयोग रकमको दुरुपयोग रोक्ने र राहत तथा पुनर्निर्माण कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत गर्नेछ।




.gif)





