काठमाडौँ । असोज १७, बडादसैँको दोस्रो दिन आज देशभरिका नागरिकहरू मान्यजनहरू सँग टीका थाप्न र आशीर्वाद लिन व्यस्त देखिएका छन्। राजधानी काठमाडौँ उपत्यका देखि देशका अधिकांश सहरसम्म टीका थाप्ने चलन अनुसार मानिसहरूको ओहोरदोहोर बाक्लिएको छ।
हाम्रा समाचारदाताहरूका अनुसार, निजी सवारी साधनमा टीका थाप्न गन्तव्यतर्फ लाग्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। सडकमा सवारी साधनको चापले केही ठाउँमा ट्राफिक अस्तव्यस्त भएको जनाइएको छ।
सार्वजनिक यातायातका साधन पनि अत्यधिक भीडभाडका साथ सञ्चालनमा आएका छन्। धेरै यात्रुहरू लामो समय सम्म गाडीको प्रतीक्षा गर्नु परेको गुनासो गर्छन्। कतिपय यात्रुहरू स्थान नपाएर गाडीको छत वा ढोकामा समेत यात्रा गर्न बाध्य भएका छन्।
काठमाडौँ उपत्यकाका मुख्य चोकहरूमा निजी सवारी साधनको ताँती देखिएको छ भने सार्वजनिक सवारी फाट्टफुट्ट मात्र चलेका छन्। यसले गर्दा केही यात्रुहरूलाई गन्तव्य पुग्न कठिनाइ भएको बताइएको छ।
बडादसैँको अवसरमा परिवारीक जमघट र मान्यजन सँगको भेटघाटलाई प्राथमिकता दिइँदै आएको हुँदा यात्रुको चाप स्वाभाविक रहेको यातायात व्यवसायीहरूको भनाइ छ।




.gif)





