images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भीषण वर्षाको सम्भावित जोखिम बीपी राजमार्ग...

भीषण वर्षाको सम्भावित जोखिम बीपी राजमार्ग रातिको समयका लागि बन्द

भीषण वर्षाको सम्भावित जोखिम बीपी राजमार्ग रातिको समयका लागि बन्द

images
images
शुक्रवार, आश्विन १७ २०८२
शुक्रवार, आश्विन १७ २०८२
  • काभ्रेपलाञ्चोक, असोज १७, भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग बिहिबार बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गरिने भएको छ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ देखि २० गतेसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै  (असोज १६) बाट असोज २१ गते मंगलबार सम्म रातिको समयमा राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। यो अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सबै सार्वजनिक तथा निजी यात्रुवाहक सवारीको आवागमनमा रोक लगाइनेछ।

    प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु र स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रोशी खोला र अन्य खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आवश्यक परेमा दिनको समयमा पनि प्रहरीले सवारीसाधन रोक्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।

    images
    images

    प्रशासनले अनावश्यक यात्रा नगर्न, विशेषगरी रातको समयमा बाहिर ननिस्कन, पहिरो सम्भावित स्थान र नदीकिनारमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। डुबानको जोखिम रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहलाई पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

    साथै, सम्भावित विपद्‌ व्यवस्थापनका लागि सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई स्वीकृत प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend